२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी 


सञ्चार डबली
  • बुधबार, वैशाख ६ २०८०
  • 8.0K
    SHARES

  • राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी 


    काठमाडौं,  बैशाख ६ गते ।   राष्ट्रिय सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका छन् ।रुसको भ्रमणमा निस्कनु अघि शिक्षण अस्पताल महराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य स्थीतिका बारेमा जानकारी लिएका हुन ।   


    ‘त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार बिहान भेट गरि स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनुभयो साथै सम्माननीय राष्ट्रपतिज्यूलाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ अध्यक्ष तिमिल्सिनाको प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अबस्था हेर्दाखेरी आत्तिहाल्नु पर्ने देखिएको छैन।’ तर, राष्ट्रपति पौडेललाई थप परिक्षण र उपचारका लागि भारत लैजानु पर्ने चिकित्सकले अध्यक्ष तिमल्सिनालाई जानकारी गराएको शर्माले बताए । छातिमा संक्रमण बढे पछि राष्ट्रपति पौडेल सोमवार साँझ शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका हुन । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend