२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

टी–२० विश्वकपमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै


सञ्चार डबली
  • आइतबार, माघ २५ २०८२
  • 3.5K
    SHARES

  • टी–२० विश्वकपमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

     

    काठमाडौं ।  १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

    नेपालले तेश्रो पटक टी–२० विश्वकप खेल्दैछ । साथै नेपालले समूह चरणका सबै खेल वानखडेमै खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो ।

    यस्तै टी–२० विश्वकपमा आजै बिहान ११ बजे अफगानिस्तान र न्युजिल्यान्ड तथा बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड पनि खेल्दैछन् । हिजो भएका खेलमा पाकिस्तान, वेस्ट इन्डिज र आयोजक टोली भारतले विजयी शुरुआत गरेका छन् ।

    पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले, वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ र भारतले अमेरिकालाई २९ रनले हरायो । यो विश्वकपमा सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ ।

    प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ । अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २-२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend