२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मैत्रीपूर्ण बक्सिङ : नेपालको ‘ए’ टिम र भारत पञ्चाबका खेलाडीबीच पोखरामा प्रतिष्पर्धा


सञ्चार डबली
  • शनिबार, साउन ६ २०८०
  • 12.0K
    SHARES

  • images
    मैत्रीपूर्ण बक्सिङ : नेपालको ‘ए’ टिम र भारत पञ्चाबका खेलाडीबीच पोखरामा प्रतिष्पर्धा

     

    काठमाडौं, ६ साउन । नेपालका ‘ए’ टिमका महिला तथा पुरुष बक्सिङ्ग खेलाडीहरु र पञ्जाब, भारतका खेलाडीहरुबीच एक दिवसीय मैत्रीपूर्ण प्रतिष्पर्धा पोखरा रंगशालामा सम्पन्न भएको छ । १२ वटा तौल समुहमा सम्पन्न भएका खेलहरुमा पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पञ्जाबका सुभम पान्डेलाई २ – १ को आधारमा पराजित गरे ।

    ५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले पञ्जाबका विनय रौनिया ३ – ० को आधारमा पराजित गरे ७१ किलो तौल समुहमा पञ्जाबका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ – ० को युनानिमस डिसिजनमा पराजित गरे ।

    यस्तै ८० किलो तौल समुहमा दीपक श्रेष्ठले ३–० को मुस्तफा हनितलाई ३ – ० को आधारमा पराजित गरे भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा पराजित गरे । यता ९२ प्लस किलोमा नेपालका आशिस दुवाडीले भारतका केपी सिंहलाई ३ – ० मा पराजित गरे ।

    महिला तर्पm ५० किलो तौल समुहमा शुस्मा तामांगले पञ्जाबकी कोमललाई ३ – ० को युनानिमसको आधारमा पराजित गरिन । ५४ किलोमा नेपालका मिनु गुरुङले पञ्जावकी अरिवालाई २ – १ को स्पिलट डिसिजनमा पराजित गरिन ।

    महिला ५७ किलोमा नेपालका चन्द्रकला थापाले ३ – ० को फरकमा पञ्जाबका मनितलाई पराजित गरिन । ६० किलो महिला तर्फ पञ्जाबकी मन्दिप कौरले नेपालकी संगीता सुनारलाई ३–० को अन्तरले पराजित गरिन । ६६ किलो तौलमा पञ्जाबका कोमल प्रीतले २–१को फरकमा नेपालका विनिता थापामगरलाई पराजित गरिन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend