धनगढी । फोटोन मोटर्स नेपालले माघ २१, २०८२ मा धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई समेट्दै “Strengthening Customer Trust Through Direct Engagement” नारासहित ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम फोटोनले आफ्ना ग्राहकसँग नजिक रहँदै दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तर प्रयासअनुरुप आयोजना गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन सवारीसाधनको ‘कस्टमर फर्स्ट’ दृष्टिकोणलाई अझ मजबुत बनाउनु रहेको थियो। कार्यक्रममा विश्वास निर्माण, ग्राहक अनुभव बुझ्ने, फिडब्याक संकलन गर्ने र पश्चिमी नेपालका ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्ने विषयमा विशेष ध्यान दिइएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा फोटोनका विभिन्न सवारीसाधन प्रदर्शित गरिएका थिए। टुनल्यान्ड G7, माउन्टेन ईभी, लो-रूफ भ्यान र सोकोन ईभी भ्यानको प्रदर्शनमार्फत ग्राहकहरूले व्यावसायिक र विद्युतीय सवारीसाधनलाई नजिकबाट अवलोकन गर्ने मौका पाए। यसले नेपालका बदलिँदो मोबिलिटी आवश्यकतालाई फोटोनले कसरी सम्बोधन गरेको छ भन्ने बुझ्न सहयोग पुर्यायो।
भेटघाटका क्रममा फोटोनले दीर्घकालीन विश्वास निर्माणमा प्रत्यक्ष ग्राहक संवादको महत्त्वलाई जोड दिँदै वास्तविक प्रयोगबाट प्राप्त प्रतिक्रियालाई सुन्ने र त्यस आधारमा स्वामित्व अनुभव सुधार्ने आफ्नो प्रतिबद्धता दोहोर्यायो। साथै, कम्पनीले बिक्री मात्रमा केन्द्रित नभई नेपालकै लागि विशेष व्यावसायिक मोबिलिटी सोलुसन्स र दीर्घकालीन साझेदारी निर्माण गर्ने दृष्टिकोण पनि स्पष्ट गर्यो।
फोटोनको १५३ भन्दा बढी स्थानमा रहेको चार्जिङ नेटवर्क र धनगढी क्षेत्रमा विस्तार भइरहेको चार्जिङ पूर्वाधारबारे पनि ग्राहकलाई जानकारी दिइएको थियो। यस कार्यक्रमले फोटोन र ग्राहकबीच पारदर्शी संवाद, भरपर्दो सहयोग र दीर्घकालीन साझेदारीको विश्वास अझ सुदृढ बनाएको छ।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. नेपालमा फोटोन सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनी नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता अनुसार सुदृढ आफ्टर–सेल्स सर्भिस, विस्तार हुँदै गएको सर्भिस नेटवर्क र बढ्दो चार्जिङ पूर्वाधारसहित भरपर्दो व्यावसायिक मोबिलिटी सोलुसन्स उपलब्ध गराउन प्रतिबद्ध छ।



