२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजका लागि तरकारी र फलफूलको मूल्य कति ?


सञ्चार डबली
  • मंगलबार, माघ १३ २०८२
  • 4.2K
    SHARES

  • images
    आजका लागि तरकारी र फलफूलको मूल्य कति ?

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि तरकारी र फलफूलको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही तरकारी र फलफूलको भाउ घटेको छ भने खुर्सानी महँगिएको छ ।

    आज ठुलो गोलभेँडा (भारतीय)को भाउ घघटेर प्रतिकेजी ७७ रुपैयाँमा झरेको छ भने सानो लोकल गोलभेँडा २३ रुपैयाँ ७५  पैसा, टनेल गोलभेँडा ४७ रुपैयाँ ५० पैसा, सानो भारतीय गोलभेँडा ३१ रुपैयाँ २५ पैसा, तराई सानो गोलभेँडा ४८ रुपैयाँ ७५ पैसा, रातो आलु २७ रुपैयाँ, रातो आलु भारतीय २४ रुपैयाँ, सुकेको प्याज ४४ रुपैयाँ, लोकल गाजर ५२ रुपैयाँ ५० पैसा, तराई गाजर ३७ रुपैयाँ ५० पैसामा झरेको छ ।

    यसैगरी स्थानीय काउलीको भाउ घटेर प्रतिकेजी ६१ रुपैयाँ २५ पैसा कायम भएको छ भने तरायई काउली ५२ रुपैयाँ ५० पैसा, हाइब्रीड सेतो मूला १९ रुपैयाँ ३३ पैसा, डल्लो भन्टा ६५ रुपैयाँ, लोकल सिमी ९५ रुपैयाँ, हाइब्रीड सिमी ८५ रुपैयाँ, राजमा सिमी ११५ रुपैयाँ, लौका ८२ रुपैयाँ ५० पैसा, लाम्चो फर्सी (हरियो) २८ रुपैयाँ ७५ पैसा, डल्लो फर्सी (हरियो) ३३ रुपैयाँ ७५ पैसा, रायोको साग २२ रुपैयाँ ५० पैसा, हरियो प्याज ५१ रुपैयाँ ६७ पैसा, बूकला ८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, डल्ले च्याउको भाउ प्रतिकेजी ३७५ रुपैयाँ, ब्रोकाउली ५० रुपैयाँ, चुकुन्दर ५५ रुपैयाँ, सजिवन २१० रुपैयाँ, रातो बन्दा ११५ रुपैयाँ, गान्टे मूला ५५ रुपैयाँ, लोकल काक्रो ६६ रुपैयाँ २५ पैसा, किवि २४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँमा झरेको छ भने आज खुर्सानीको भाउ भने बढेको छ । सुकेको खुर्सानीको भाउ प्रतिकेजी ३९२ रुपैयाँ ५० पैसा पुगेको छ भने हरियो खुर्सानी १३० रुपैयाँ, बुलेट खुर्सानी १४० रुपैयाँ, अकबरे खुर्सानी ५२५ रुपैयाँ र भेडे खुर्सानी ८५ रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend