२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत


सञ्चार डबली
  • बिहीबार , माघ ८ २०८२
  • 3.8K
    SHARES

  • कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत

    काठमाडौं । सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । 

    वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

    सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत योजना अनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ ।

    मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् सहित निकायलाई निर्देशन दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend