२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images
प्रोटोन इमास ७ एसयूभी

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन एसयूभी इमास ७


सञ्चार डबली
  • शनिबार, माघ ३ २०८२
  • 4.2K
    SHARES

  • images
    शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन एसयूभी इमास ७

    काठमाडौं । प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ मार्फत नेपाली बजारमा उल्लेखनीय प्रभाव पार्न सफल भएको छ ।

    ईभी पारखीहरू र प्रारम्भिक प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको इमास ७, मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारीसाधनको पहिचानसहित नेपालमा पनि लोकप्रियता हासिल गरिरहेको छ ।

    सहरी यात्रुदेखि साहसिक यात्रा मन पराउने उपभोक्तासम्म सबैको आवश्यकता पूरा गर्ने गरी डिजाइन गरिएको इमास ७ मा अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा विशेषता तथा उच्च क्षमताको प्रदर्शनसहित आकर्षक मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको इमास ७ ले आरामदायी र प्रभावशाली ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ४,६१५ मि.मि. लम्बाइ र १८० मि.मि. ग्राउन्ड क्लियरेन्सका कारण यस एसयूभीले पर्याप्त स्थान तथा विविध सडक अवस्थाका लागि आवश्यक क्षमता प्रदान गर्दछ ।

    नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रा.लि. रहेको छ । कम्पनीले बलियो बिक्रीपछिको सेवा, नियमित मर्मत तथा व्यापक ग्राहक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend