२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने छु –गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 9.7K
    SHARES

  • सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने छु –गृहमन्त्री श्रेष्ठ


    काठमाडौं, बैशाख ५ गते । सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका हुन् । 

    उनले सुरक्षा निकाय हाम्रो गौरव हुुनुपर्ने भन्दै सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताएका छन् ।  सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्‍यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्‍यो भने मनोबल उठ्दैन’, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ ।’

    उनले गृह प्रशासनमा विचौलियाको भूमिकालाई शून्यमा झार्ने पनि उद्घोष गरेका छन्  । उनले  गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । प्रहरीले अब गरिब, दलित, पिछडिएको, शक्ति केन्द्रमा धाउन नसक्ने जनतालाई प्राथमिकतामा राख्नुपर्ने पनि बताएका छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend