काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रि (NICCI) ले १२औँ वार्षिक साधारण सभा (AGM) सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त सभामा माननीय संरक्षक श्री राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।
सभामा चेम्बरका गतिविधि, प्रगति विवरण तथा वित्तीय विषयमा समीक्षा गरिनुका साथै नेपाल र इटालीबीचको व्यापार, लगानी तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
NICCI को नयाँ कार्यसमितिमा अध्यक्ष श्री सञ्जय अग्रवाल, वरिष्ठ उपाध्यक्ष श्री रूपक राजवंशी, उपाध्यक्षद्वय श्री मनोज कुमार ज्ञवाली र श्री अरणिको राज भण्डारीको नेतृत्वमा चेम्बर सञ्चालन हुँदै आएको छ । यसैगरी महासचिव श्री मनोज श्रेष्ठ भडेल, सचिवद्वय श्री रोम नाथ घिमिरे र श्री विनोद सग्तानी, तथा कोषाध्यक्ष श्री पवन कुमार अग्रवाल नयाँ कार्यसमितिमा चयन भएका छन्।
त्यस्तै NICCI को नयाँ कार्यसमिति सदस्यहरूमा सुश्री बसुमाया तामाब, सुश्री बिनाप्याकुरेल श्रेष्ठ, श्री भुवनेश्वर फैजु, श्री वीरन्द्र शाही, श्री किशन सुनार, श्री सञ्जय कुमार अग्रवाल, श्री सुमित कुमार बन्सल, श्री सुशील कुमार जैन, श्री युगेश भक्त बडे श्रेष्ठ, सुश्री सुनिता सिंह, श्री संघर्ष बिष्ट, श्री गम्भीर मान श्रेष्ठ, श्री योगेन्द्र विक्रम थापा, श्री दम्बर पराजुली तथा श्री कल्याण सिलवाल रहेका छन्।
सदस्यहरूको सक्रिय सहभागिताका साथ सम्पन्न भएको उक्त सभाले नेपाल–इटाली आर्थिक सहकार्य प्रवद्र्धनतर्फ NICCI को निरन्तर प्रयासलाई थप सुदृढ बनाएको छ ।

