टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिका ‘टाटा गुरु’ सुभाष शर्मालाई सिप्रदी अटो पार्ट्सले सहयोग गरेको छ ।
हाल गम्भीर स्नायु (न्युरोलोजिकल) समस्या देखा परेपछि काठमाडौँको अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत छन्।
ललितपुर सानेपाका शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो दक्षता र सेवामार्फत विशेष योगदान पुर्याउँदै आएका अनुभवी कर्मचारी हुन्।
चिकित्सकका अनुसार शर्मामा देखिएको न्युरोलोजिकल जटिलताका कारण दीर्घकालीन उपचार आवश्यक पर्ने देखिएकाले उपचार खर्च व्यवस्थापनमा परिवार आर्थिक सङ्कटमा परेको छ।
यही अवस्थालाई बुझ्दै सिप्रदी अटो पार्ट्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सिप्रदी सहायता’ मार्फत प्रारम्भिक रकम सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ।
सहकर्मीको जीवनरक्षामा सिप्रदीले देखाएको जिम्मेवारी, तत्परता र मानवीय संवेदनाले संस्थाको कर्मचारी–केन्द्रित मूल्य प्रणाली झन् दृढ बनेको कम्पनीको भनाइ छ।
शर्माको स्वास्थ्य जल्दै सुधारोन्मुख होस् भन्ने कामनासहित सिप्रदीले अन्य सहयोगी मन, संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई समेत मानवीय संवेदनाका आधारमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।



