२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल निर्यात परिषदको अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित


सञ्चार डबली
  • शुक्रबार, पुस २५ २०८२
  • 7.9K
    SHARES

  • नेपाल निर्यात परिषदको अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित

    काठमाडौं - नेपाल निर्यात परिषद्को अध्यक्षमा डा रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार सम्पन्न २८औँ वार्षिक साधारणसभाले निर्विरोध रुपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

    परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिवमा वसन्त राज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सह–कोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन्। सदस्यहरूमा प्रेमराज नराल, सरस्वती सेढाई त्रिपाठी, प्रविन मान श्रेष्ठ, अमिर बगाले, रामकुमार थपलिया, राम कृष्ण भट्टराई र अनन्त गुप्ता निर्वाचित भएका छन्।

    परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ । ती सामाग्री आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend