२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

खाद्यले किन्यो लक्ष्यको ७३ प्रतिशत धान


सञ्चार डबली
  • बुधबार, पुस २३ २०८२
  • 2.6K
    SHARES

  • खाद्यले किन्यो लक्ष्यको ७३ प्रतिशत धान

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यको ७३ प्रतिशत धान खरिद गरेको छ ।

    यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा हालसम्म १ लाख ३२ हजार क्विन्टल धान खरिद गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिएका छन् । 

    ४५ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३२  हजार क्विन्टल धान खरिद भएको छ । 

    खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टलमा खरिद गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend