२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई विरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल


सञ्चार डबली
  • बुधबार, साउन ३ २०८०
  • 8.7K
    SHARES

  • images
    इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई विरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

    ३ असार, काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।

    समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ । नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ । नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए ।

    नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।

    आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend