२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एसीसी प्रिमियर कपः नेपाललाई मलेसियाको २३६ रनको लक्ष्य प्रस्तुत


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 10.4K
    SHARES

  • एसीसी प्रिमियर कपः नेपाललाई मलेसियाको २३६ रनको लक्ष्य प्रस्तुत


    काठमाडौं, बैशाख ५ गते ।  एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

    मलेसियाका लागि  कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । 
     
    नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३÷३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए । केहीबेरमै नेपालले जवाफी ब्याटिङ गर्दै छ । 
     

     

  • सम्बन्धित विषय:

  • # एसीसी प्रिमियर कपः
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend