२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images
हात्तीको पेनाल्टी सुटआउट, सुन्दरी प्रतियोगिता

चितवनको सौराहामा भएको १९औँ संस्करणको ‘हात्ती तथा पर्यटन महोत्सव’ सम्पन्न


सञ्चार डबली
  • सोमबार, पुस १४ २०८२
  • 3.6K
    SHARES

  • चितवनको सौराहामा भएको १९औँ संस्करणको ‘हात्ती तथा पर्यटन महोत्सव’ सम्पन्न

    चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा पुस ११ शुक्रबारदेखि सुरु भएको १९औँ संस्करणको  चितवन ‘हात्ती तथा पर्यटन महोत्सव’ आइतवार सम्पन्न भएको छ । पछिल्ला समयमा पशु अधिकारका कुरा उठेपछि अझै हात्तीमैत्री कार्यक्रम कसरी आयोजना गर्न सकिन्छ भनेर चिन्तन मनन हुँदै परिमार्जित रूपमा हात्ती महोत्सव आयोजना भइरहेको छ । 

    हात्तीका गतिविधि प्रस्तुत गरी विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना र दिगो पर्यटन विकासको प्रयास थालिएको २१ वर्ष पुगेको छ । सन् २००४ मा सुरु गर्दा हात्ती क्याराभान र ‘अन्तर्राष्ट्रिय हात्ती दौड’ प्रतियोगिताका रूपमा आयोजना गरिएको थियो । कार्यक्रमले केही वर्षमै चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा ख्याति कमायो ।

    सन् २००४ मा हात्ती दौडको सूरुवात गर्ने त्यसबेला क्षेत्रीय होटल संघका अध्यक्ष घनश्याम श्रेष्ठ, उपाध्यक्ष हरिभक्त घिमिरे अग्रज पर्यटन व्यवसायी गिरिधारी चौधरी, शङ्कर सैंजु, रामकुमार अर्याल थिए । अनि हात्तीको क्याराभान (लस्कर) र हात्ती दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

    देश र विदेशका नाम चलेका पर्यटनसँगसम्बद्ध संस्था सहभागी भए । विश्वका पत्रकारको ध्यान तान्यो र कार्यक्रम विश्वव्यापी बन्यो । त्यसपछि व्यावसायी उत्साहित भए । कार्यक्रम देखाउँदा आन्तरिक र बाह्य पर्यटकको चाप राम्रो भएकाले अझै व्यवस्थित गर्दै जाने निधोमा व्यवसायीहरु पुगे ।

    त्यसबेला मुख्य आकर्षण हात्ती दौड भए पनि टाँगा, गाडा, डुंगा दौडका कार्यक्रम हुन्थे । विभिन्न मुलुकका व्यवसायिक घरानाले स्पोन्सर गरेका हुन्थे । झण्डै एक दशक हात्ती दौड प्रतियोगिता राम्रै भयो । चितवनको ब्राण्ड बन्यो । विश्वकै एक मात्र कार्यक्रम बन्यो । 

    हात्ती दौडलाई बृहत बनाउँदै जाने क्रममा हात्ती महोत्सवकै रुपमा आयोजना गर्न थालियो । त्यसमा हात्तीको वनभोज र हात्ती सुन्दरी प्रतियोगिता थपेसँगै थप आकर्षण भयो । क्रमैसँग अन्य यस्ता कार्यक्रम हुँदै आइरहेका छन् । गणेश भगवानका रूपमा यसपाली आज हात्तीको पूजा पनि गरिएको छ ।

    अहिले हात्ती तथा पर्यटक महोत्सव थप वन्यजन्तुमैत्री बनाउँदै अनुगमन समिति नै बनाएर काम हुँदै आएको छ । विस्तारै यसपाली हात्तीका छावाको पेनाल्टी सुटआउट, सुन्दरी प्रतियोगिता, हात्ती वनभोज, हात्तीको पूजा गर्ने कार्यक्रमरू आयोजना भएका छन् । हात्ती पोलोको सांकेतिक रूप पनि प्रस्तुत गरिएको थियो ।

    कार्यक्रमकै कारण अहिले सौराहामा पर्यटकहरूको राम्रै उपस्थिति भएको 

    “कुनै पनि क्रियाकलाप हात्तीमैत्री भन्दा बाहिर छैन, हामी व्यवसायीले करोडौँ लगानी गरेर आफ्नै सदस्यसरह पालिएको हात्तीलाई यातना दिने भन्ने कुरा कल्पना गर्नै सकिँदैन”, उनले भने, “आएका पर्यटकहरू हात्तीसँगै नजिक हुन, हात्तीका क्रियाकलाप हेर्न, तस्वीर लिन, हात्तीसँग रमाउन चाहन्छन्, पर्यटककै चाहनामा महोत्सव भइरहेको छ, तर विरोध हुनु विडम्बना र अर्थहीन छ ।” हात्ती तथा पर्यटक महोत्सव संयोजक गुणराज थपलिया बताउछन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend