२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

राज्यबाटै आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम भयो–मिटर ब्याज पीडित


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 9.9K
    SHARES

  • राज्यबाटै आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम भयो–मिटर ब्याज पीडित


    काठमाडौं, बैशाख ५ गते । राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको  मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिले आरोप लगाएको छ ।

    आज एक  विज्ञप्ति जारी गर्दै  सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट गरेको, महिलामाथि पुरुष प्रहरीले आक्रमण तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् । उनले पीडितले सहयोगी तथा शुभचिन्तकबाट सहयोग जुटाएर जम्मा गरेको अनाज, ग्यास, ग्यास चुलो, स्पिकर र भाँडाकुँडासमेत प्रहरीले लुटेको आरोप लगाउका छन् । 

    उनले विज्ञप्तिमा भनेका छन्,  ‘यस्तो राज्य प्रायोजित आतङ्क र दमनको हामी घोर भर्त्सना गर्दछौं,। उनले गृहमन्त्री नै आफूहरूको आन्दोलन दबाउन उद्यत रहेको भन्दै सङ्घर्ष समितिले चाँडै प्रतिवादमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # –मिटर ब्याज पीडित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend