काठमाडौँ / लोकप्रिय चिनियाँ विद्युतीय सवारी निर्माता विवाइडीले उत्पादन गरेको ह्याचब्याक इभि ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख युनिट पुगेको छ ।
यससँगै विवाइडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक इभि बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
नेपालका लागि विवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षणका रूपमा लिएको जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा विवाईडी डल्फिन सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइ बन्दै गएको उल्लेख गरिएको छ ।
“विवाइडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ । उत्कृष्ट सेफ्टी, स्मार्ट फिचर र किफायती मूल्यका कारण नेपाली उपभोक्ताको विश्वास जित्न सफल भएकोमा हामी अत्यन्तै खुसी छौँ,” विज्ञप्तिमा भनिएको छ, “इभि इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा हामी निरन्तर प्रतिबद्ध रहनेछौँ।”
कम्पनीका अनुसार विवाईडीले सन् २०२६ का लागि नयाँ संस्करणको डल्फिनको परीक्षण सुरु गरिसकेको छ । हाल चीनमा विकास तथा परीक्षण चरणमा रहेको उक्त नयाँ संस्करणमा डिजाइन र ड्राइभिङ अनुभवमा महत्त्वपूर्ण सुधार हुने प्रारम्भिक रिपोर्टहरूले संकेत गरेका छन् ।
नेपालमा पनि विवाइडी डल्फिनको लोकप्रियता उल्लेख्य रहेको साइमेक्स इंक प्रालिको भनाइ छ । कम्पनीले सन् २०२३ सेप्टेम्बरमा डल्फिन नेपाली बजारमा सार्वजनिक गरेको थियो । हालसम्म नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन सञ्चालनमा आइसकेका छन् ।
ह्याचब्याक सेग्मेन्टको बिक्री समग्रमा घट्दो अवस्थामा रहे पनि डल्फिनको आगमनले उपभोक्ताको रुचि पुनः जागृत गराएको कम्पनीको दाबी छ । उत्कृष्ट सेफ्टी, इन्टेलिजेन्ट फिचर र प्रतिस्पर्धी मूल्यका कारण डल्फिन नेपाली बजारमा सुरक्षित र स्मार्ट पारिवारिक कारका रूपमा स्थापित हुँदै गएको छ ।
विवाइडी डल्फिन ई–प्लेटफर्म ३।० मा आधारित रहेको छ, जसमा ७८.२ प्रतिशत हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले नेपाली सडकको विविध अवस्थामासमेत यात्रु सुरक्षामा उच्च स्तरको भरोसा प्रदान गर्ने दाबी गरिएको छ ।
डल्फिनमा १२.८ इञ्चको घुमाउन मिल्ने टचस्क्रिन, मोबाइल कनेक्टिभिटी, २७०० मिमी ह्विलबेससहित प्रशस्त क्याबिन स्पेस उपलब्ध छ।
साथै, लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टमअन्तर्गत क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र लेन डिपार्चर असिस्टेन्स जस्ता आधुनिक फिचरहरू पनि समावेश छन् ।



