२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले लियो नियन्त्रणमा 


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 9.0K
    SHARES

  • प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले लियो नियन्त्रणमा 


    काठमाडौं, बैशाख ५ गते ।प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो ।

    सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी विधेयक संसदमा दर्ता भएका छन् । ती विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्थासमेत राखिएको भन्दै त्यसलाई संशोधन गर्न पीडितहरुले माग गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # द्वन्द्वपीडित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend