२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

मोटरसाइकल दुर्घटनामा क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , पुस १० २०८२
  • 4.4K
    SHARES

  • मोटरसाइकल दुर्घटनामा क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु

    काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो । 

    विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल बिहानका राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

    क्रिकेटका राष्ट्रिय खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेको परिवारले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend