२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यू–१६ युथ लिगमा फ्रेन्ड्सको मनाङविरुद्ध कठिन जित


सञ्चार डबली
  • मंगलबार, पुस ८ २०८२
  • 5.2K
    SHARES

  • images
    यू–१६ युथ लिगमा फ्रेन्ड्सको मनाङविरुद्ध कठिन  जित

    काठमाडौं । एन्फा यू–१६ युथ लिगमा फ्रेन्ड्स क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै कठिन जित हासिल गरेको छ।

    मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा फ्रेन्ड्सका सयल परियार र सुजन विकले समान एक–एक गोल गरे। मनाङका प्रकाशबहादुर बुढाले इन्जुरी समयमा गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन्।

    खेलको २०औँ मिनेटमा सयलले फ्रेन्ड्सलाई अग्रता दिलाए भने ८२औँ मिनेटमा सुजनले स्कोरलाई २–० बनाए। अन्तिम क्षणमा प्रकाशले गोल गर्दै मनाङलाई १–२ मा फर्काए, तर त्यो पर्याप्त भएन।

    यो जितसँगै फ्रेन्ड्सले २४ खेलबाट १६ जित, तीन बराबरी र पाँच हारसहित ५१ अंक जोडेको छ। समान अंक बनाएको मनाङ गोल अन्तरका आधारमा तेस्रो स्थानमा पछाडि परेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend