२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

इलेक्ट्रिक एसयुभी जीकर एक्सको मूल्य २० लाख घट्यो


सञ्चार डबली
  • सोमबार, पुस ७ २०८२
  • 5.3K
    SHARES

  • इलेक्ट्रिक एसयुभी जीकर एक्सको मूल्य २० लाख घट्यो

    काठमाडौं। नेपालका लागि जीकर सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्पले क्रिसमस र नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै ‘जीकर एक्स नाउ ओर नेभर’ अफर सार्वजनिक गरेको छ।

    क्रिसमस तथा नयाँ वर्षलाई लक्षित गर्दै ल्याइएको यो विशेष प्रिमियम अफरले नेपालकै सबैभन्दा अत्याधुनिक पूर्ण–इलेक्ट्रिक प्रिमियम एसयुभी लिन चाहने ग्राहकहरूका लागि आकर्षक अवसर प्रदान गर्दछ। लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई आम ग्राहकको पहुँचसम्म पुर्‍याउन प्रिमियम इलेक्ट्रिक एसयुभी जीकर एक्सको मूल्य घटाइएकाे कम्पनीले जनाएकाे छ।

    साे अफरअन्तर्गत ८४ लाख ९९ हजार रुपैयाँ पर्ने जीकर एक्स अब मात्र ६४ लाख ९९ हजार मूल्यमा पाउने भएकाे छ। कम्पनीका अनुसार इलेक्ट्रिक एसयुभी जीकर एक्सको मूल्य २० लाखले घटाइएकाे छ।

    यसले भोल्भो इएक्स३० सँग साझा गरिएको अत्याधुनिक गिली एसइए२ प्लेटफर्ममा निर्माण गरिएको सवारी साधन आफ्नो बनाउने आकर्षक अवसर प्रदान गर्दछ। गिलीको नवीनतम प्रविधि र नवप्रवर्तनमा आधारित जीकर एक्सले २०० किलोवाट क्षमताको उच्च प्रदर्शन मोटरमार्फत ३४३ नुतनमिटर टर्क उत्पादन गर्छ र केवल ५.६ सेकेन्डमै ०–१०० किलोमिटर प्रति घण्टाको गति हासिल गर्न क्षमत राख्दा छ।

    स्वीडेनको गोथेनबर्गस्थित जीकर ग्लोबल डिजाइन सेन्टरमा डिजाइन गरिएको जीकर एक्सले मिनिमलिस्ट डिजाइन, फ्रेमलेस ढोका र १४.६ इन्चको स्लाइड हुने केन्द्रीय स्क्रिनसहितको लक्जरी इन्टेरियर प्रस्तुत गर्छ। १३ स्पिकरको यामाहा सराउण्ड साउण्ड सिस्टमले यसको प्रिमियम अनुभवलाई अझ उचाइमा पुर्‍याउँछ। सुरक्षालाई पनि जीकर एक्समा उच्च प्राथमिकता दिइएको छ, जसले युरो एनसीएपी र ग्लोबल एनसीएपी दुवैबाट ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। ७ वटा एयरब्याग र लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सहित यो एसयुभी सुरक्षा दृष्टिले पनि अग्रणी छ।

    नेपाली सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको जीकर एक्समा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाटआओर क्षमताको बलियो ब्याट्री दिइएको छ, जसले डब्लुएलटिपी मापदण्ड अनुसार ४४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend