२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ड्राइभिङ टुगेदरः सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर ¥याली भव्यताका साथ सम्पन्न


सञ्चार डबली
  • सोमबार, पुस ७ २०८२
  • 3.8K
    SHARES

  • images
    ड्राइभिङ टुगेदरः सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर ¥याली भव्यताका साथ सम्पन्न

    काठमाडौँ । सांग्रिला मोटर्स प्रा. लि. ले २०८२ पुस ५ गते शनिबार आफ्नो बहुप्रतिक्षित “लिपमोटर कस्टमर ¥याली“ भव्यताका साथ सम्पन्न गरेको छ । “लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स“ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले ‘विस्तारित लिपमोटर परिवार’ लाई मनोरम ड्राइभ, सामुदायिक भाइचारा र उत्सवका लागि एकै ठाउँमा ल्याएको थियो ।

    ¥यालीको सुरुवात सानेपास्थित हेरिटेज गार्डेनबाट भएको थियो, जहाँ बिहान ८ः०० बजे उत्साही सहभागीहरू स्वागत कार्यक्रमका लागि भेला भएका थिए। ¥यालीको औपचारिक फ्ल्याग–अफ लिपमोटरका ब्रान्ड एम्बेसडर रोहित पौडेल र सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाद्वारा संयुक्त रूपमा गरिएको थियो ।

    DSC08873.jpg
    undefined

    फ्ल्याग–अफ पश्चात् विद्युतीय सवारी साधनहरूको लस्कर राजधानीबाट नगरकोटस्थित क्लब हिमालयको मनोरम उचाइतर्फ प्रस्थान गरेको थियो। यस ड्राइभले सवारी धनीहरूलाई घुमाउरो र उकालो भू–भागमा लिपमोटर ईभीको उत्कृष्ट कार्यक्षमता र ह्यान्डलिङको अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै अन्य ईभी प्रेमीहरूसँग आत्मीयता साटासाट गर्ने मौका पनि जुराएको थियो ।

    क्लब हिमालयमा क्विज, विभिन्न खेलहरू, बफे लन्च, नेटवर्किङ सेसन र गाडीको चेकजाँच जस्ता विविध गतिविधिहरूका साथ कार्यक्रम सञ्चालन गरिएको थियो, जसले सांग्रिला मोटर्स र यसको बढ्दो ग्राहक बीचको सम्बन्धलाई थप मजबुत बनाएको छ ।

    सांग्रिला मोटर्स प्रा. लि.को बारेमा

    सांग्रिला मोटर्स प्रा. लि. नेपालमा लिपमोटर गाडीहरूको आधिकारिक वितरक हो। कम्पनी उत्कृष्ट ग्राहक सेवाको साथमा इन्टेलिजेन्ट र दिगो विद्युतीय मोबिलिटी सोलुसन्स प्रदान गर्न समर्पित छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend