काठमाडौं, बैशाख ५ गते । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ । आज दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
आज दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्को बैठक अर्को सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

