नेपालगञ्ज । नेपालका लागि दीपाल र नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपाल सोरुमको औपचारिक उद्घाटनसँगै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ।
सोरुम सञ्चालनले एमएडब्लु वृद्धिको देशव्यापी इभि नेटवर्क विस्तार गर्ने र पश्चिम नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने योजनामा एक महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको कम्पनीले जनाएको छ।
सोरुमको उद्घाटन नाडा एशोसिएशन बाँकेका अध्यक्ष नरेन्द्रप्रसाद ओली, एमएडब्लु ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि मोटर्सका सिइओ प्रसन्न पन्त, एमएडब्लु वृद्धि अटोकर्पका सिइओ ज्ञानेन्द्र चन्द र पानास अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनालको उपस्थितिमा गरिएको हो।
एमएडब्लु वृद्धि मोटर्ससँग प्रत्यक्ष जोडिएको यस कार्यक्रममा व्यवसायिक तथा अटोमोटिभ क्षेत्रका व्यक्तिहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो भने उद्घाटन समारोहमा स्थानीय अधिकारीहरू, व्यवसायीहरू, ग्राहकहरू र सञ्चारकर्मीहरूको पनि बाक्लो उपस्थिति थियो।
नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस नयाँ सोरुमले ग्राहकहरूलाई डोङफेङ र दीपालका पछिल्ला विद्युतीय सवारी साधनहरूको उत्कृष्ट अनुभव प्रदान गर्दछ।
ग्राहकको आराम र सुविधालाई प्राथमिकता दिने गरी डिजाइन गरिएको यस सोरुममा आगन्तुकहरूले सवारी साधनहरूलाई नजिकबाट नियाल्न र उत्पादनका बारेमा स्पष्ट जानकारी लिन सक्नेछन्।
सोरुम उद्घाटनको एकदिन अघि नेपालगन्जमा नामी भिगो र दीपाल एस०५ सार्वजनिक गरिएको थियो, जसले नेपालका विभिन्न भागहरूमा इभि सवारी साधनहरूको विकल्पलाई थप विस्तार गरेको छ।
सिइओम उद्घाटनको अवसरमा एमएडब्लु वृद्धि मोटर्सले नेपालगन्जको पानास अटोमोटिभमा ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरिरहेको छ।
उक्त कार्यक्रममा ग्राहकहरूले डोङफेङ र दीपालका इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अनुभव लिनुका साथै आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर (७ किलोवाट ं ३.५ किलोवाट), निःशुल्क बीमा र हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा प्राप्त गर्न सक्नेछन्।



