२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यू–१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित


सञ्चार डबली
  • शनिबार, मंसिर २७ २०८२
  • 4.0K
    SHARES

  • images
    यू–१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

    काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ ।

    दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलंकालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो ।  श्रीलंकाले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो ।

    समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बंगलादेशसँग खेल्नेछ । यही मंसिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, यूएई र मलेसिया सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend