२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनपीएल–२ फाइनलमा सुदूरपश्चिमविरुद्ध रोहितको ह्याट्रिक


सञ्चार डबली
  • शनिबार, मंसिर २७ २०८२
  • 4.7K
    SHARES

  • एनपीएल–२ फाइनलमा सुदूरपश्चिमविरुद्ध रोहितको ह्याट्रिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरेका छन् ।

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमविरुद्ध रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिए । रोहितले ११औँ ओभरको चौथो बलमा सुदूरका कप्तान दीपेन्द्रलाई रुबेन ट्रम्पेलमनबाट क्याच गराए । पाँचौँ बलमा दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराए । यस्तै, सोही ओभरको अन्तिम बलमा पुनित मेहरालाई एलबीडब्लूको धरापमा पारे ।

    एनपीएलको इतिहासमा कुनै पनि बलरले लिएको यो दोस्रो ह्याट्रिक हो । यसअघि प्रतियोगिताको दोस्रो संस्करणमा नै विराटनगर किंग्सका साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक लिएका थिए ।

    जारी खेलको १४ ओभर समाप्त हुँदा सुदूरपश्चिमले ६ विकेट गुमाएर ५५ रन बनाएको छ । सुदूरबाट हाल क्रिजमा रहेका हर्मित सिंह तीन र ओपनर इशान पाण्डे २६ रनमा खेलिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend