२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाल प्रिमियर लिग: लुम्बिनी क्वालिफायर–२ मा, काठमाडौँ बाहिरियो


सञ्चार डबली
  • बुधबार, मंसिर २४ २०८२
  • 4.6K
    SHARES

  • नेपाल प्रिमियर लिग: लुम्बिनी क्वालिफायर–२ मा, काठमाडौँ बाहिरियो

    काठमाडौँ । काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–२ मा प्रवेश गरेको छ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले काठमाडौँलाई चार विकेटले पराजित गरेको हो। यो हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ।

    जितसँगै लुम्बिनीले बिहीबार हुने क्वालिफायर–२ मा विराटनगर किंग्ससँग प्रतिपस्पर्धा गर्नेछ। काठमाडौँले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले ६ विकेट गुमाएर १७.४ ओभरमा पूरा गर्‍यो। मध्यम लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका लागि डी आर्सी सर्टले ३३, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले २३, र निरोसन डिकवेलाले १४ रनको योगदान दिए।

    काठमाडौँका लागि सन्तोष यादवले २, करण केसी, सन्नी पटेल, साहब आलम र रासिद खानले १–१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाडौँका ब्याटरहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। लुम्बिनीका बलरसामू काठमाडौँको ब्याटिङ लाइन धारासायी बन्यो।

    काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। भीम सार्कीले १४, जौन सिम्पसनले १८, मोहम्मद आलमले १८ र करण केसीले ९ रनको योगदान दिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend