२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बालेन शाहविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 8.4K
    SHARES

  • बालेन शाहविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा

     

    काठमाडौं, बैशाख ५ गते ।  काठमाडौं महानगरपालिकाले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।

    कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा बालेन शाहविरुद्धको मुद्दा परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

     काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार अधिवक्ता पदम श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # बालेन शाहविरुद्धको मुद्दा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend