२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि एक्सचेन्ज क्याम्प घोषणा


सञ्चार डबली
  • आइतबार, मंसिर २१ २०८२
  • 4.8K
    SHARES

  • images
    सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि एक्सचेन्ज क्याम्प घोषणा

    काठमाडौं । टाटा मोटर्सका लागि नेपालका अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूलाई लक्षित गर्दै “Winter EV Service And Exchange Camp” कार्यक्रम सार्वजनिक गरेको छ। जाडो मौसममा ईभीको प्रदर्शनलाई थप सुदृढ र सहज बनाउन विशेष रूपमा आयोजना गरिएको यो सम्पूर्ण क्याम्प डिसेम्बर ८ देखि ९, २०२५ सम्म सञ्चालन हुनेछ।

    कम्पनीले दिएको जानकारी अनुसार, यस महिने क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूलाई विविध नि:शुल्क सेवाहरू प्राप्त गर्नेछन्। जसमा नि:शुल्क लेबर चार्ज, नि:शुल्क टप वासिङ, नि:शुल्क कम्प्युटर डायग्नोसिस, नि:शुल्क ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको नि:शुल्क जाँच, र एक पूर्ण १०–प्वाइन्ट चेकअप सेवा समावेश छन्। यसका अतिरिक्त, जाडोको तयारीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स र ल्युब्रिक्यान्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएकोले समग्र प्रक्रियालाई थप किफायती र सहज बनाउने कम्पनीले जनाएको छ।

    यस महिने क्याम्पमा नियमित ईभी सर्भिसिङको सुविधासँगै ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइनेछ। कम्पनीको दाबी छ कि यस सुविधाले नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकहरूले थप विकल्प र लाभ प्राप्त गर्नेछन्। सिप्रदीले यस पहलमार्फत ग्राहकलाई दीर्घकालीन सुरक्षित, भरपर्दो र सहज ईभी अनुभव दिलाउने लक्ष्य लिएको स्पष्ट गरेको छ।

    सिप्रदी ट्रेडिङले विद्युतीय गतिशीलताकाे वृद्धि र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिकता मान्दै, आगामी दिनहरूमा पनि यस्ता उपयोगी, प्रभावकारी र ग्राहक–मैत्री अभियानहरू निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend