२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर आमनेसामने हुँदा चितवनको सामना गर्दै पोखरा


सञ्चार डबली
  • शनिबार, मंसिर २० २०८२
  • 4.2K
    SHARES

  • एनपीएलमा आज सुदूरपश्चिम र विराटनगर आमनेसामने हुँदा चितवनको सामना गर्दै पोखरा

    काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने भएका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडनेछन् । दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्।

    सुदूरपश्चिम अपराजित रहेर ६ खेलबाट १२ अंक जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब  हुने छैन । आठ अंकसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

    विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँग नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौं गोर्खाज भिड्नेछन् ।

    दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै  टोलीको ६ खेलबाट चार÷चार अंक मात्रै रहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend