काठमाडौं । सन् २०२५ को नोभेम्बर महिनामा नेपालमा १ लाख १६ हजार ५५३ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो महिनामा पर्यटक आगमनमा उल्लेख्य वृद्धि देखिएको छ।
देशगत रूपमा सबैभन्दा धेरै भारतबाट १८ हजार ९९५ पर्यटक आएका छन्। त्यसपछि क्रमशः
- अमेरिका – ११ हजार २५४
- चीन – ७ हजार ८७१
- बेलायत – ७ हजार १८९
- बंगलादेश – ५ हजार ६५३
- अष्ट्रेलिया – ५ हजार ३९३
- श्रीलंका – ४ हजार ८३१
- म्यानमार – ४ हजार ४८४
- फ्रान्स – ४ हजार २११
- जर्मनी – ४ हजार १३४ जना पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत आगमन
- दक्षिण एसिया – ३० हजार ८७०
- अन्य एसियाली मुलुक – २८ हजार ६१३
- युरोप – ५ हजार ८९१
- अमेरिका – १३ हजार ६७८
- मध्य पूर्व – १ हजार ८०२
- अफ्रिका – ४१२
- अन्य क्षेत्र – ६ हजार २६९
सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा कुल १० लाख ६० हजार २६९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यसअघि मुख्य पर्यटकीय सिजन मानिने अक्टोबरमा रेकर्ड १ लाख २८ हजार ४४३ पर्यटक आएका थिए भने सेप्टेम्बरमा ७८ हजार र अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए।
पर्यटन बोर्डका अनुसार सन् २०२५ मा पर्यटक आगमनले उत्साहजनक गति लिएको र वर्षको अन्त्यसम्म यो संख्या थप बढ्ने अपेक्षा गरिएको छ।

