२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनपीएलमा आज दुई खेल: लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुँदै


सञ्चार डबली
  • शनिबार, मंसिर १३ २०८२
  • 4.0K
    SHARES

  • images
    एनपीएलमा आज दुई खेल: लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज सुपर स्याटरडे दुई खेल हुँदैछन्  कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको लिगमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच पहिलो खेल हुनेछ । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

    अंकतालिकामा बटम हाफमा रहेका लुम्बिनी र पोखरा दुवैका लागि  आजको खेल महत्वपूर्ण हुनेछ । प्लेअफ होडमा कायम रहन दुवै टोली जितको लक्ष्यमा हुनेछन् ।

    लुम्बिनीले पहिलो खेल जितेपछि लगातार तीन खेलमा हार व्यहोरिसकेको छ । त्यसैले आजको खेलमा त्यो हारको यात्रा ब्रेक गर्न चाहन्छ । लुम्बिनी र पोखराको समान २ अंक छ । तर लुम्बिनीले चार खेल खेलिसक्दा पोखराले ३ खेल मात्र खेलेको छ ।

    सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा फर्केको संकेत गरेको छ ।

    यसैगरी दिउँसो साढे ३ बजे हुने खेलमा साविक उपविजेता सुदूरपश्चिम रोएल्स र साविक विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोली यस सिजन ठिक विपरित स्थितीमा छन् । सुदूरपश्चिम लगातार चार खेल जितेर एक्लो अपराजित टोलीको रुपमा छ भने जनकपुरले यस सिजन खेलेको सबै तीन हार हारेर जितविहिन छ । सुदूरपश्चिम यस सिजन बलियो देखिएको छ र प्लेअफ नजिक पुगेको छ । सुदूरवश्चिम ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend