२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा


सञ्चार डबली
  • शुक्रबार, मंसिर १२ २०८२
  • 3.9K
    SHARES

  • images
    सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा

    काठमाडौं । लीपमोटर, सिट्रोन, प्यूजो लगायत विश्व प्रसिद्ध ब्रान्डहरूको प्रतिनिधित्व गर्ने नेपालको अग्रणी अटोमोबाइल वितरक सांग्रिला मोटर्स प्रा.लि.ले मंसिर १४ गतेदेखि मंसिर २१ गतेसम्म नेपालभरका सम्बन्धित शोरूमहरूमा लीपमोटर र सिट्रोनका दुई विशेष एक्सचेन्ज क्याम्पहरू आयोजना गर्दैछ, जसले ग्राहकहरूलाई आकर्षक लाभहरूका साथ आफ्ना सवारी साधनहरू अपग्रेड गर्ने अवसर प्रदान गर्दछ।

    लीपमोटर "एक्सचेन्ज विथ द बेस्ट" क्याम्पले ग्राहकहरूलाई उनीहरूको लागि पर्फेक्ट 10/10 कार चलाउने अवसर प्रदान गर्दै नगद छुट, एक्सचेन्ज बोनस, नि:शुल्क रोड ट्याक्स र दर्ता, २.२ किलोवाटको ट्राभल चार्जरको साथ नि:शुल्क ७ किलोवाटको होम चार्जर र थप सहायक उपकरणहरू सहित लाभ लिन आमन्त्रण गर्दछ।

    त्यसैगरी, सिट्रोन "एक्सचेन्ज विथ द बेस्ट" क्याम्पले सहभागीहरूलाई एक्सचेन्ज बोनस, एमसीबी बक्स सहितको निस्शुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र निस्शुल्क रोड ट्याक्स र दर्ताको साथ उत्कृष्ट कारमा अपग्रेड गर्न प्रोत्साहित गर्दछ।

    मंसिर १४ गतेदेखि मंसिर २१ गतेसम्म सम्म एकैसाथ सञ्चालन हुने दुवै एक्सचेन्ज क्याम्पहरूले नेपालभरका कार उत्साहीहरूलाई सीमित समयका अफरहरूको लाभ उठाउँदै आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गर्दछ। सांग्रिला मोटर्स प्रा.लि.ले राष्ट्रव्यापी रूपमा नवीन समाधान, गुणस्तरीय सवारी साधन र भरपर्दो बिक्री पछिको सेवा मार्फत उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्य निरन्तर गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend