२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनपीएल : चितवनविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर भिड्ने, कसले जित्नेछ ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर १२ २०८२
  • 4.6K
    SHARES

  • एनपीएल : चितवनविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर  भिड्ने, कसले जित्नेछ ?

    काठमाडौं/ दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । 

    शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन् । 

    चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ । 
    चितवन टिमको नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौंका कप्तान करण केसीले सम्हालेका छन् । 

    चार खेल खेलेको विराटनगरले एक खेलमा पराजित भई ६ अंक जोडेको छ भने तीन खेल खेलेको कर्णालीले एक खेल मात्र जितेको छ । 

    कर्णालीका कप्तान सोमपाल कार्मी हुन् भने विराटनगरका कप्तान सन्दीप लामिछाने हुन् । विराटनगर तालिकाको दोस्रो स्थानमा हुँदा कर्णाली भने पाँचौं स्थानमा छ । कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend