२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपालमा स्कोडाको ब्राण्डकै कम मूल्यको एसयूभी बिक्री सुरु हुने


सञ्चार डबली
  • शुक्रबार, मंसिर १२ २०८२
  • 6.0K
    SHARES

  • images
    नेपालमा स्कोडाको ब्राण्डकै कम मूल्यको एसयूभी बिक्री सुरु हुने

    काठमाडौं- स्कोडाको सब फोर मिटर एसयूभी काइल्याक नेपालमा बिक्री सुरु हुने भएको छ । 

    भारतमा उत्पादन भएको ब्राण्डकै कम मूल्यको एसयूभी स्कोडाको आधिकारीक बिक्रेता स्कोडा एमएडब्लू क्यारियरले बिक्री सुरु गर्ने भएको हो ।

    स्कोडाले भारतमा जनवरी २०२५ बाट बिक्री सुरु गरेको काइल्याक निकै आकर्षक डिजाइनमा उपलब्ध मोडल हो । स्कोडाको ‘मोर्डन सोलिड डिजाइन ल्याङ्वेज’मा तयार भएको काइल्याकको अगाडि प्रयोग भएको लाइट र ग्रिलको ‘कम्बीनेसन’ उत्कृष्ट लाग्छ ।

    भारतमा बनेका अन्य प्रतिस्पर्धी मारुती सुजुकी ब्रेजा, महिन्द्रा थ्रीएक्सओ, हुन्डाई भेन्यू, किया सोनेट र निसान म्याग्नाइट जस्तै यसको लम्बाइ ३९९५ एमएम छ । यसमा २५६६ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

    यसमा १८९ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । अझ बलियो पक्ष यसमा १७ इन्चको ह्वील पाउन सकिन्छ । काइल्याकमा दिएको रुफरेल र क्लाइडिङले एसयूभी लुक्स प्रदान गरेको छ ।

    काइल्याकको ड्यासबोर्ड कुशक एसयूभीसँग मिल्दोजुल्दो देखिन्छ । एसी भेन्ट, क्लाइमेट कन्ट्रोल प्यानल, टु स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १० इन्चको इन्फोटेन्मेन्ट स्क्रृन ठ्याक्कै कुशकको जस्तै छ ।

    स्कोडाले आफ्नो इन्ट्री मोडल एसयूभीको टप भेरियन्टमा सिंगल प्यानल सनरुफ, किलेस इन्ट्री, वायरलेस फोन चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट दिएको छ ।

    युरोपियन कार निर्माताले बनाएको एसयूभीले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यसमा ६ एयरब्याग, एबीएस, इबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफ्रेन्सियल लक जस्ता फिचर उपलब्ध छन् ।

    स्कोडको काइल्याकमा फक्सवागेन ग्रुपले उत्पादन गरेको थ्री सिलिण्डर १.० टीएसआई टर्बो पेट्रोल इन्जिन उपलब्ध छ । कुशक एसयूभीमा पनि प्रयोग भएको उक्त इन्जिनले ११५ ब्रेकहर्स पावर र १७८ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।

    नेपाली बजारमा स्कोडा काइल्याक ७ भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा ४ भेरियन्टमा ६ स्पीड म्यानुअल गियरबक्स हुनेछ । अन्य ३ भेरियन्टमा ६ स्पीड टर्क कन्भर्टर गियरबक्स रहने छ ।

    मूल्यको हिसाबले पनि काइल्याक आकर्षक नै हुने अनुमान छ । कम्पनीले सुरुवाती म्यानुअल भेरियन्टको मूल्य ४५ लाख आसपास तोकेर बिक्री थाल्ने छ । यसको अटोमोटीक भेरियन्टको सुरुवाती मूल्य पनि ५५ लाख हाराहारी हुने अनुमान छ ।

    स्कोडाको काइल्याकले मात्र १०.५ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend