२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

३ अर्ब ७७ करोड ४२ लाख दाबी हालसम्ममा करिव रू. १ करोड १४ लाख मात्रै बीमितहरुलाई भुक्तानी


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 2.5K
    SHARES

  • images
    ३ अर्ब ७७ करोड ४२ लाख दाबी हालसम्ममा करिव रू. १ करोड १४ लाख  मात्रै बीमितहरुलाई भुक्तानी
    देशमा मिति २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्धे हालसम्ममा करिव रू. १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी नेपाल बिमा प्राधिकरणका  कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले बताए ।
     
    विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम करिव रु. ३ अर्ब २१ करोड ५० लाखम्रध्ये करिव रु. ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव रु. ४७ करोड ६६ लाखमध्ये करिव रु. १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव रु. ४ करोड १४ लाखमध्ये करिव रु. १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव रु. २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको छ ।
     
    मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रु. १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव रु. १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव रु. १० को बीमा दाबी भुक्तानी शुरु भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend