२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

प्रगतिलाई गति दिन नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 3.3K
    SHARES

  • images
    प्रगतिलाई गति दिन नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू

    काठमाडौं । फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा आफ्नो भूमिका अझ मजबुत बनाइरहेको छ। उद्यमी, संस्थान र यातायात संचालकहरूका लागि फोटोनका भरपर्दा, किफायती र टिकाउ गाडीहरू ठूलो सहारा बनिरहेका छन्। इन्धनको मूल्य बढ्दै गएको र सफा सवारी साधनको माग बढिरहेको अवस्थामा फोटोनका इलेक्ट्रिक र कमर्सियल गाडीहरूले व्यवसायलाई अझ स्मार्ट र कम खर्चमा सञ्चालन गर्न मद्दत गरिरहेका छन्।

    धेरै साना व्यवसायीहरूका लागि फोटोन TM1 भरपर्दो विकल्प बनेको छ। बनेपाका जितबहादुर तामाङका अनुसार TM1 ले उत्कृष्ट पिकअप, राम्रो आराम र उकालो–ओरालो दुबैमा भरपर्दो ब्रेकिङ उपलब्ध गराउँछ। खर्च कम गराई राम्रो बचत भैरहेको छ, उनी TM1 लाई साँच्चै नै “कमाईको राजा’’ भन्छन्। डिजेल र पेट्रोल गाडीबाट त्ःज्ञ मा सरेपछि उनको मर्मत र इन्धन खर्च धेरै घटेको छ, र घरमै चार्ज गर्न सकिने सुविधा हुँदा दैनिक काम झनै सजिलो भएको छ।

    शैक्षिक संस्थाहरूले पनि सुरक्षित र टिकाउ यातायातका लागि फोटोन रोजिरहेका छन्। रेहडन एजुकेसन फाउन्डेसनका मुख्य प्रशासक तिलकराम सिंखडाले फोटोन ईभी भ्यानको स्मूथ, शान्त र कम्पनरहित अनुभवको प्रशंसा गरे। अभिभावकहरूले पनि डिजेल भ्यानको तुलनामा यसमा निकै फरक महसुस गरेको बताएका छन्। यसको आराम, बलियो ब्याट्री प्रदर्शन,सुरक्षा, एसी र आधुनिक सुविधाले यसलाई विद्यालय यातायातका लागि विश्वासिलो विकल्प बनाएको छ।

    धेरै वर्षको अनुभव भएका यातायात व्यवसायीहरू पनि फोटोनप्रति त्यत्तिकै सन्तुष्ट छन्। समाखुसी यातायातका २५ वर्ष अनुभव भएका चालक श्री ईश्वर प्रसाद न्यौपानेका अनुसार फोटोन ईभी भ्यान चलाउन निकै सहज छ, आराम “भीआईपीजस्तै’’ छ, र ब्याट्री रेन्ज दिनभरी काम चल्ने खालको छ। उनी भन्छन्, चार्जिङ स्टेसनहरू सजिलै भेटिन्छन्, र गाडीले सुरुदेखि नै उत्कृष्ट भरोसा दिँदै आएको छ।

    उत्कृष्ट प्रदर्शन, इलेक्ट्रिक दक्षता र देशभर उपलब्ध सपोर्टका कारण फोटोनले नेपाली व्यवसायलाई खर्च घटाउन, सफा सवारी अपनाउन र भविष्यलाई अझ दिगो बनाउन मद्दत गरिरहेको छ। फोटोन नेपाली समुदाय र यहाँका उद्योगहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छ।

    एमएडब्लू वृद्धि कमर्सियलको बारेमा:

    एमएडब्लू वृद्धि कमर्शियल नेपालमा कमर्शियल गाडी उपलब्ध गराउने संस्था हो, जसले राम्रो मोबिलिटी समाधान विकास गर्ने लक्ष्य राखेको छ। कम्पनी फोटोन गाडीहरूको अधिकृत वितरक हो र ग्राहक सन्तुष्टिलाई ध्यानमा राखेर विश्वसनीय र प्रदर्शनमा आधारित सेवा दिनमा गर्व गर्दछ। एमएडब्लू वृद्धि कमर्शियलले व्यवसायहरूले उच्च गुणस्तरका गाडी र उत्कृष्ट आफ्टर(सेल्स सर्भिस सजिलै पाउन सकून् भनेर देशभर आफ्ना शोरुम र सर्भिस नेटवर्कहरू विस्तार गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend