२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनपिएल: काठमाडौं गोर्खाजद्धारा लुम्बिनी लायन्स २२ रनले पराजित


सञ्चार डबली
  • मंगलबार, मंसिर ९ २०८२
  • 3.1K
    SHARES

  • एनपिएल: काठमाडौं गोर्खाजद्धारा लुम्बिनी लायन्स २२ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ ।मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजे।

    पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो। काठमाण्डूले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो ।

    लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रनको योगदान दिए । त्यस्तै दिलिप नाथले २५ रन बनाउँदा ड्रेसी सर्टले २२ रन जोडे । लुम्बिनीका कप्तान रोहित कुमार पौडेल र गुल्बदिन नइबले ११–११ रनको योगदान गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend