२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

क्यान र डिशहोमद्वारा एनपीएलको अवैध प्रसारण तथा रेकर्डिङविरुद्ध कडा कानुनी कारबाहीको चेतावनी


सञ्चार डबली
  • सोमबार, मंसिर ८ २०८२
  • 3.2K
    SHARES

  • क्यान र डिशहोमद्वारा एनपीएलको अवैध प्रसारण तथा रेकर्डिङविरुद्ध कडा कानुनी कारबाहीको चेतावनी

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूको अनधिकृत डिजिटल प्रसारण गरे कडा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

    दुवै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा एनपीएलका सम्पूर्ण खेलको ओटीटी तथा डिजिटल प्रसारण अधिकार (भारतबाहेक विश्वका सबै देशमा) डिशहोमसँग मात्र रहेको उल्लेख छ। दर्शकले DishHome GO एपमार्फत लिगका सबै खेल आधिकारिक रूपमा हेर्न सक्नेछन्।

    डिशहोमबाहेक युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स (ट्विटर), टेलिग्राम वा कुनै पनि वेबसाइट/एपमा एनपीएलका खेलको लाइभ स्ट्रिमिङ, रेकर्डिङ, पुनःप्रसारण, सम्पादन वा बिक्री–वितरण गर्नु पूर्णतः गैरकानुनी भएको विज्ञप्तिमा जनाइएको छ। यस्तो कार्य गर्नेलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारिएको छ।

    साथै, अनधिकृत लिंक वा प्लेटफर्म प्रयोग गर्दा दर्शकको व्यक्तिगत तथा वित्तीय जानकारी चुहावट हुनुका साथै साइबर अपराधको जोखिम रहने भएकाले आधिकारिक माध्यम DishHome GO वा तोकिएका टेलिभिजन च्यानल मात्र प्रयोग गर्न दुवै संस्थाले सबै दर्शक, विज्ञापनदाता र मिडिया साझेदारलाई अनुरोध गरेका छन्।

    एनपीएलका खेल अनधिकृत रूपमा प्रसारण वा वितरण भएको थाहा पाएमा तत्काल क्यान वा डिशहोमलाई जानकारी गराइदिन पनि आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend