२९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसी अधिकृत मृत भेटिएका छन् । अस्पतालका फार्मेसी इञ्चार्ज ३५ वर्षीय अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए ।
अर्घाखाँचीको शितगंगा नगरपालिका घर भएका पोखरेल कपडाको पास लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । बिहान करिब पौन ८ बजे दुई तलामाथि स्टोर रुम नजिकको भर्याङ नजिक कपडाको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । घटनास्थलमा दुई पानाको सुसाइड नोट समेत भेटिएको प्रहरी स्रोतले बताएको छ । मुचुल्काको काम सकेर उनको पोस्टमार्टम गर्ने तयारी भएको एसपी रिजालले जानकारी दिए ।
उनको मृत्युका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।



