२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनपिएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जित


सञ्चार डबली
  • शनिबार, मंसिर ६ २०८२
  • 4.8K
    SHARES

  • एनपिएलको दोस्रो संस्करणमा विराटनगरको लगातार दोस्रो जित

    काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जित हासिल गरेको छ।

    शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउदै १३५ रनको लक्ष्य पूरा गरेको हो । काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो। विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमान्डूले ब्याटिङको निम्तो पाएको हो ।

    खेलमा मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए । काठमाडौँले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाडौँले त्यसपछिका दुवै खेल हारेको छ ।

    आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगरले मात्र लगातार दुई खेल जितेका छन् । कर्णाली, लुम्बिनी र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेका छन् । काठमाडौँले तीनमध्ये एक खेल जितेको छ भने दुई खेल हारेको छ । पोखराले दुवै खेल हारेको छ । जनकपुरले एक खेल हारेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend