२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कीर्तिमानी प्रदर्शनसँगै विराटनगरको ५३ रनको प्रभावशाली जीत


सञ्चार डबली
  • मंगलबार, मंसिर २ २०८२
  • 3.2K
    SHARES

  • कीर्तिमानी प्रदर्शनसँगै विराटनगरको ५३ रनको प्रभावशाली जीत

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले कीर्तिमानी ब्याटिङसहित पोखरा एभेन्जर्समाथि ५३ रनको सहज जित हात पारेको छ।

    मंगलबार त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको विशाल योगफल खडा गर्‍यो। यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो, जसले यसअघि लुम्बिनी लायन्सको नाममा रहेको १९१ रनको कीर्तिमान तोडेको छ।

    विराटनगरको इनिङलाई बलियो बनाउन ओपनर लोकेश बमले ४८ बलमा ७२ रन (१ चौका, ७ छक्का) र मार्टिन गप्टिलले ३५ बलमा ६१ रन (३ चौका, ५ छक्का) को आक्रमक पारी खेले। यी दुईले दोस्रो विकेटका लागि १३२ रनको शतकीय साझेदारी गरे, जुन एनपीएलमा दोस्रो विकेटका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो। अन्त्यमा शुभम रञ्जानेले १६ बलमा ३८ र बसिर अहमदले १३ बलमा २३ रन जोड्दै स्कोर २२० सम्म पुर्‍याए।

    Biratanagar-vs-Pokhara-(4)-1763477248.jpg

    जवाफमा २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमै अलआउट भयो। कप्तान कुशल भुर्तेलले ३१ बलमा ५९ रन (५ चौका, ४ छक्का) र एडम रोसिङ्टनले २१ बलमा ३९ रन बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन्। यी दुईले दोस्रो विकेटका लागि ७६ रनको आक्रामक साझेदारी गरेका थिए। डान डाउथवेटले २९ र अभिषेक तिवारीले ११ रन बनाए। पहिलो संस्करणका स्टार जिम्मी निसम गोल्डेन डक र तीर्थराज दास डकआउट भए।

    विराटनगरका मर्चेन्ट डे लांगे, कप्तान सन्दीप लामिछाने, शुभम रञ्जाने र प्रतिश जिसीले समान २–२ विकेट लिए भने सूर्य तामाङ र बसिर अहमदले १–१ विकेट हात पारे।

    Biratanagar-vs-Pokhara-(2)-1763477247.jpg

    यसअघि दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो।

    भोलि (बुधबार) काठमाडौं गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend