काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् ।
आज हुने पहिलो खेलमा चिवतन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
यसअघि, प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

