२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बिराटनगर किंग्सबाट खेल्न मार्टिन गुप्टिल र शुभम रञ्जने नेपाल आइपुगे


सञ्चार डबली
  • आइतबार, कात्तिक ३० २०८२
  • 6.9K
    SHARES

  • images
    बिराटनगर किंग्सबाट खेल्न मार्टिन गुप्टिल र शुभम रञ्जने नेपाल आइपुगे

    काठमाडौं । बिराटनगर किंग्सले आधिकारिक रूपमा दुई उच्च प्रोफाइल अन्तर्राष्ट्रिय क्रिकेटरहरून्यूजिल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र अमेरिकी–भारतीय अल-राउन्डर क्रिकेटर शुभम रञ्जनेलाई नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सिजन २ का लागि स्वागत गरेका छन्।

    ह्वाइट–बल क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक गुप्टिल आफ्नो शक्तिशाली ब्याटिङविश्वस्तरीय अनुभव र शीर्षक्रममा प्रभावशाली नियन्त्रण कायम गर्ने क्षमताका लागि परिचित छन्। एक दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा विश्वकपका धेरै संस्करणहरूमा सहभागिता जनाएका गुप्टिलको उपस्थितिले बिराटनगर किंग्सको ब्याटिङ लाइनअपलाई अझै बलियो र आत्मविश्वासी बनाएको छ।

    उनलाई साथ दिदैसन् १९९४ मार्च २६ मा भारतको महाराष्ट्रपुणेमा जन्मिएका शुभमले २०१६–१७ को रणजी ट्रफीमार्फत मुम्बईबाट पहिलो पटक प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका थिए। त्यसयता उनले महाराष्ट्रमुम्बईगोवा लगायतका घरेलु टोलीका साथै हालै मेजर लिग क्रिकेटको सिएटल ओरकाजबाट पनि प्रतिनिधित्व गरेका छन्। अन्तर्राष्ट्रिय टी–२० लिगहरूमा राम्रो अनुभव भएका उनले २०२५ मा ढाका क्यापिटल्सबाट समेत खेलेका थिए।

    uasdfg-1763272869.jpg
    undefined

    गुप्टिल र रञ्जनेले टोलीमा रहेका फाफ डु प्लेसिसजर्ज मन्शीसाम हिजलेट लगायतका अन्तर्राष्ट्रिय स्टारहरूका साथै प्रतिभाशाली नेपाली खेलाडीहरूको बलियो टोलीसँग मिलेर खेल्नेछन्। उनीहरुको आगमनले यो सिजन उपाधि जित्ने किंग्सको लक्ष्य अझै स्पष्ट र दृढ बनाएको छ।

    अनुभव र नेतृत्व दुवै लिएर आएका मार्टिन गुप्टिल र शुभम रञ्जने टोलीसँग मिसिएपछि बिराटनगर किंग्सले एनपीएल सिजन २ को आफ्नो शुरुवाती खेलबाटै प्रभावशाली खेल प्रदर्शन गर्ने तयारी गरेको छ।

    विराटनगर किंग्सका बारेमा:

    विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने एक क्रिकेट फ्रेन्चाइज हो। स्थानीय प्रतिभालाई उजागर गर्नेखेल–भावनालाई प्रवर्द्धन गर्ने र समर्थक तथा समुदायसँग जोडिने मुख्य उद्देश्यसहितकिंग्सले कोशी प्रदेशलाई गौरव दिलाउने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend