बिर्तामोड । डोंगफेङ नामीका अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले बिर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। यस कदमले कम्पनीको नेपालभर सञ्जाल विस्तार गर्ने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ र ग्राहकहरूको अनुभवलाई प्राथमिकतामा राखेको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बलराम थापा, झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य, प्रशन्न पन्त, एमएडब्लू वृद्धि मोटर्सका सीईओ, साथै सञ्चारकर्मी, ग्राहक र व्यवसायिक प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
नयाँ सोरुम बिर्तामोडको केन्द्रमा अवस्थित छ र आगन्तुकहरूलाई डोंगफेङ्ग सेरेस लगायतका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्नेछ। प्रशिक्षित कर्मचारीहरूको टोलीले ग्राहकलाई व्यक्तिगत परामर्श, जानकारी र टेस्ट ड्राइभ सेवा उपलब्ध गराउनेछ।
उद्घाटनसँगै एमएडब्लू वृद्धि मोटर्सले बिर्तामोडमा आफ्नो उपस्थिति अझ सबल बनाएको छ। शोरूम उद्घाटन अवसरमा कम्पनीले कार्तिक २९ देखि १ मंसिर सम्म बिर्तामोड, चारपानेमा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्दैछ।
यस अवधिमा ग्राहकहरूले नामी 01, नामी भिगो, र सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन्। नामी 01 विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा, र सेरेस 3 मा अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ। प्रत्येक टेस्ट ड्राइभमा ग्राहकहरूलाई उपहार र एक्सचेन्ज बोनस समेत प्रदान गरिनेछ।



