२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

डाबर नेपालसँग सुदूरपश्चिम रोयल्सको साझेदारी: 'एसोसियट' पार्टनरका रूपमा नयाँ अध्याय


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २८ २०८२
  • 4.8K
    SHARES

  • डाबर नेपालसँग सुदूरपश्चिम रोयल्सको साझेदारी: 'एसोसियट' पार्टनरका रूपमा नयाँ अध्याय

    काठमाडौं । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ ।

    डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच बुधबार काठमाडौंमा औपचारिक सम्झौता भएको हो । यसअन्तर्गत डाबर रेड पेस्ट र डाबर हनी ब्रान्डहरू सुदूरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन् ।

    सम्झौतापछि डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, “यो साझेदारीले एनपीएलको शीर्ष टोलीमध्ये एक सुदूरपश्चिम रोयल्सलाई नेपालको नम्बर १ टूथपेस्ट ब्रान्ड डाबर रेड पेस्ट तथा विश्वको नम्बर १ हनी ब्रान्ड डाबर हनीसँग जोडेको छ । हामी क्रिकेटको उत्साह र लाखौं नेपाली उपभोक्ताको विश्वासलाई सम्मान गर्दै एनपीएलको रोमाञ्चक सिजनको प्रतिक्षामा छौं ।”

    यता, सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले भने, “डाबर जस्तो प्रतिष्ठित ब्रान्ड हाम्रो टोलीसँग जोडिनु ठूलो उपलब्धि हो । यस सम्झौताले टोलीमा थप ऊर्जा र उत्साह भरेको छ ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend