२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

विराटनगरमा प्रोटोन ईमासको शोरुम उद्घाटन


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २८ २०८२
  • 6.1K
    SHARES

  • images
    विराटनगरमा प्रोटोन ईमासको शोरुम उद्घाटन

    काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको इलेक्ट्रिक सवारी ब्रान्ड प्रोटोन ईमासले विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ । यो शोरूम देशका प्रमुख व्यापारिक केन्द्रहरूमा कम्पनीको एकीकृत ईभी नेटवर्क विस्तारको महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।

    विश्वस्तरीय मापदण्डमा डिजाइन गरिएको यो सुविधा केन्द्रले विराटनगरका ग्राहकहरूलाई बिक्री परामर्श, प्राविधिक सेवा, मूल स्पेयर पार्ट्स उपलब्धता लगायतका सम्पूर्ण सुविधा एकै ठाउँबाट प्रदान गर्दछ । यसले पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकहरूलाई थप भरपर्दो र सहज सेवा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

    उद्घाटन समारोहमा नाडा कोशीका अध्यक्ष दिल्ली राम आचार्य मुख्य अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी, विशिष्ट अतिथि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी र अन्तरक्रियात्मक सत्रहरू समेत आयोजना गरिएका थिए, जसले ईभीप्रति रुचि राख्ने तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गरेको थियो ।

    समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, “विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहेको छ । यो नयाँ थ्रीएस शोरूममार्फत हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दै पूर्वी क्षेत्रमा पूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम स्थापना गर्दैछौं ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend