२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

थापाथलीदेखि नगरकोटसम्मको हरित अभियानमा ५६ ई–गाडी र १९३ सहभागीको सहभागिता


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २८ २०८२
  • 5.4K
    SHARES

  • images
    थापाथलीदेखि नगरकोटसम्मको हरित अभियानमा ५६ ई–गाडी र १९३ सहभागीको सहभागिता

    काठमाडौं । विद्युतीय गाडीको आवाज होइन, खुशीको हल्ला थियो शनिबार। थापाथलीबाट शुरू भएको ५६ वटा केई गाडीको काफिला नगरकोटतिर लाग्दा सडकमा वातावरणमैत्री यात्राको नयाँ उदाहरण बन्यो। केई नेपालका आधिकारिक आयातकर्ता जीओ अटोमोबाइल्स र लक्ष्मी ईमोबिलिटीले संयुक्त रूपमा आयोजना गरेको 'केई ग्राहक भेट र्‍याली'मा १९३ जना इन्फ्लुएन्सरसहितका सहभागीहरूले मात्र रमाइलो यात्रा होइन, अर्थपूर्ण अनुभव समेत लिए।

    गाडी होइन, अनुभवको यात्रा

    यो साधारण ड्राइभ थिएन। सहभागीहरूले रमाइला खेल, समूहगत गतिविधि र प्रकृतिको काखमा पुगेर वातावरणमैत्री यात्राको वास्तविक अर्थ बुझे। क्लब हिमालय नगरकोट पुग्नासाथ स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र आपसी भेटघाटले यात्रालाई थप यादगार बनायो।

    3-1763113318.JPG
     

    सुरक्षा पनि, रमाइलो पनि

    कार्यक्रमको अर्को विशेषता थियो सीपीआर तालिम सत्र। स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा ज्यान बचाउने व्यावहारिक ज्ञान दिँदा सहभागीहरूमा सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति थप जागरूकता आयो। मनोरञ्जनात्मक प्रस्तुति र समूहगत क्रियाकलापबीच सम्पन्न भएको कार्यक्रमले केईले ग्राहक सन्तुष्टि, सुरक्षा र सामाजिक जिम्मेवारीलाई कत्तिको गम्भीरताका साथ लिन्छ भन्ने स्पष्ट सन्देश दियो।

    2-1763113317.JPG
     

    ईभीप्रतिको बढ्दो आकर्षण

    गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छाले ठूलो संख्यामा सहभागिता देखेर उत्साहित देखिए। "यति धेरै ग्राहकहरू आउनु आफैंमा विद्युतीय गाडीप्रतिको बढ्दो आकर्षणको प्रमाण हो। नेपाली बजारमा ईभीप्रतिको विश्वास र रुचि दुवै बलियो हुँदैछन्," उनले भने। केईले हाल नेपालमा नयाँ विद्युतीय मोडेलहरू ल्याएको छ, जसले नवप्रवर्तन र गतिशीलताको नयाँ अनुभव दिने कम्पनीको दाबी छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend