काठमाडौँ । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्ना ग्राहकहरूको सुरक्षालाई प्राथमिकता दिँदै ‘सेफ्टी रिकल अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।
यस अभियान अन्तर्गत सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग निःशुल्क रूपमा परिवर्तन गरिने कम्पनीले जनाएको छ।
यो अभियान होण्डा मोटर कम्पनी, जापान को विश्वव्यापी सुरक्षासम्बन्धी पहलको हिस्सा हो, जसको उद्देश्य पुराना मोडेलका गाडीहरूमा एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित समस्या समाधान गरी यात्रुहरूको सुरक्षालाई थप मजबुत बनाउनु हो।
स्याकार ट्रेडिङका अनुसार यो अभियानअन्तर्गत ज्याज, अकर्ड, सीआर–भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश छन्। कम्पनीले यी गाडीहरूका एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकद्वारा परिवर्तन गर्ने व्यवस्था मिलाएको छ।
ग्राहकहरूले आफ्नो गाडी उक्त अभियानमा पर्छ वा पर्दैन भन्ने यकिन गर्न र तत्काल अपोइन्टमेन्टका लागि नजिकको अधिकृत सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।



