२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्वास्थ्य बीमाको जिम्मा निजी अस्पताललाई दिनु हुँदैन : सचिव पोखरेल


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 9.9K
    SHARES

  • images
    स्वास्थ्य बीमाको जिम्मा निजी अस्पताललाई दिनु हुँदैन : सचिव पोखरेल

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन् ।

    बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले निजी अस्पताललाई बीमाको जिम्मा दिनु नहुने बताएका हुन् । उनले बीमा निजी अस्पताललाई नदिँदा केही वर्षसम्म गाह्रो भएपनि सरकारको अस्पतालहरूको उन्नति, प्रगति गर्न सहयोग पुग्ने बताए ।   

    सचिव पोखरेलले बीमामा व्यक्तिले केही मात्रै पैसा तिर्ने व्यवस्था नभएसम्म बीमा सफल हुन नसक्ने दाबी गरे । उनले अहिलेको बीमाको अवस्थालाई राज्यले निजी क्षेत्रलाई दिएर अझै १५ वर्षसम्म यही अवस्थामा धान्न नसक्ने बताए । यस वर्ष पनि साढे ८ अर्ब भन्दा बढी विमितहरुले सुविधा लिएको पैसा दिन बाँकी रहेको उनले बताए ।  

    सचिव पोखरेलले स्वास्थ्यमा काम गर्नेहरुको सेवा सुविधा बढाउनुपर्ने बताए । उनले काठमाडौँमा पाउने पारिश्रमिक र विकट क्षेत्रमा दिने पारिश्रमिक एउटै भएपछि विकटमा डाक्टरहरु जान नमान्ने गरेको बताए ।

    उनले दुर्गममा डाक्टर पठाउने कुरा केन्द्रको हातमा नभएकाले प्रदेश लोकसेवाबाट त्यहाँको पदपूर्ति गर्नुपर्ने बताए ।  

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend